नियम ९
घर जग्गा कर माफी गराउन पुर्याउनु पर्ने विधि
९. घर जग्गा कर माफी गराउन पुर्याउनु पर्ने विधि
(१) ऐनको दफा १० को उपदफा (२) मा उल्लिखित कार्यमा लगाइएका घर जग्गा सो कार्य गर्ने व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई बहालमा बसी आएको भए त्यस्ता घर जग्गाको लाग्ने घर जग्गा कर माफी गरिने छैन । बहाल लिने व्यक्तिले दिनु पर्छ ।
(२) शहरी क्षेत्रको भत्के बिग्रेको कुनै घरको कुनै सालको कर माफी गराउन त्यस्तो भत्के बिग्रेको घर जग्गा धनीको दरखास्त परेमा कर अधिकृतले नाप नक्सा सहित जाँचबुझ गराई फरक नपर्ने गरी आफ्नै ठहर सहित कर विभाग मार्फत नेपाल सरकार अर्थ मन्त्रालयमा कर माफिको लागि पेश गर्नुपर्छ ।